नेकपा एस्बाट भानुमा श्रीराम सर्वसम्मत मेयर उम्मेदवार

  • ख-
  • ख+

भन्सारः नेकपा एस्ले भानु नगरपालिकाबाट श्रीराम पौडेललाई सर्वसम्मत रुपमा मेयर उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

सोमबार सम्पन्न कार्यकर्ता भेलाबाट पौडेलको नाम आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारको रुपमा पेश गरिने पार्टीले जनाएको छ ।

लामो समयदेखि एमालेमा सक्रिय पौडेल विभिन्न विभागिय जिम्मेवारीमा रहिसकेका छन् । पौडेलले गठबन्धनबाट साझा उम्मेदवारका रुपमा आफू भानु नगर प्रमुखको दावेदारीमा अघि बढ्ने बताए । ‘पार्टीले साझा उम्मेदवार बनाएपछि मेरो उम्मेदवारी रहन्छ,’ उनले दमौली न्यूजसँग भने, ‘चुनाव जित्नेमा विश्वस्त छु । ‘

राजधानीमा शैक्षिक परामर्श व्यवसायमा समेत संलग्न पौडेलले निरन्तर भानु नगरवासीको सेवा गर्दै आएकाले सबैले चिनेको र नगर प्रमुखका रुपमा विकास गर्ने भिजन रहेको दावी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी