तनहुँ भानुकी सोबिता त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

  • ख-
  • ख+

भन्सारः तनहुँ भानुकी एक युवती गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।

जापानको नारिताका लागि उड्न लागेकी भानु ७ की २७ वर्षिया सोबिता नेपालीलाई विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्रेको हो ।

एसएसपी भीम ढकालका चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले एक राउण्ड गोली फेला पारेको हो। प्रहरी नियन्त्रणमा रहेकी उनीसँग सोधपुछ भैरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी