
काठमाडौंः सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलबारे संयुक्त अपिल जारी गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले संयुक्त अपिल जारी गरेको हो।
चुनावी तालमेलको मोडालिटी तयार गर्न बैठक मंग्लबार ४ बजे पुनः बस्ने बैठकमा सहभागी सरकारमा प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

आसन्न स्थानीय चुनावमा देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी गरिएको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ।