पण्डित रुद्रमणि अधिकारीको स्मृति पुस्तकालय

  • ख-
  • ख+

थर्पुः तनहुँ थर्पुका चर्चित शिक्षासेवी पण्डित स्वर्गीय रुद्रमणि अधिकारीको स्मृतिमा राजधानीको ग्रामसेवा मावि, धर्मस्थलीमा पण्डित रुद्रमणि अधिकारी स्मृति पुस्तकालय स्थापना गरिएको छ ।
भिलेज बुक ब्युल्डर्स अमेरिकाको सहयोगमा स्थापित सो पुस्तकालयको तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख होमनाथ न्यौपानेले शनिबार उद्घाटन गरे ।

करिब २५ लाख लागतको उक्त पुस्तकालयमा ३० फिट बाई ३५ फिटको नयाँ पुस्तकालय कक्ष, ११ ल्यापटप, २,५०० पुस्तक तथा एक पूर्णकालीन लाइब्रेरियन रहने प्रधानाध्यापक तेजनाथ आचार्यले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर डंगोलले करिब सात सय विद्यार्थी अध्ययनरत आफ्नो विद्यालयमा प्रविधियुक्त पुस्तकालय स्थापना गरेकामा पण्डित अधिकारीका परिवारजन प्रति आभार प्रकट गरे ।

कार्यक्रममा मुख्य दाता रोन डनफर्ट र जोश डनफर्टले आफुहरुलाई नेपालको सौन्दर्य र नेपालीको आत्मीय भावले निकै प्रभावित पारेको भन्दै आगामी दिनमा पुस्तकालयमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

पुस्तकालय निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका विश्वमणि अधिकारीका अनुसार भिलेज बुक
ब्युल्डर्स अमेरिकाले प्रत्येक वर्ष नेपालमा कम्तिमा एक वटा सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्दै आएको छ । कार्यक्रममा उपस्थित स्थानीयबासीले पुस्तकालय स्थापना भएर पठन संस्कृतिको विकासमा टेवा पुग्नुका साथै सांस्कृतिक आदान प्रदान, अंग्रेजी भाषा सुधार र पर्यटन क्षेत्रमा समेत फाइदा पुगेको बताए ।

यसअघि म्याग्दे ४ मनहरिको प्रभात प्राविमा पनि स्वर्गीय अधिकारीको स्मृतिमा पुस्तकालय सञ्चालनमा रहेको उनका नाति मोहनमणिले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी