स्थानीय चुनावः ऋषिङमा कांग्रेसको अध्यक्ष टिकटका लागि संविधानसभासद्सहित दर्जन आकांक्षी

  • ख-
  • ख+

दमौलीः ऋषिङ गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट एक दर्जनले टिकट मागेका छन् ।

पार्टीले गाउँपालिका तहबाट नाम संकलन गरेकामा हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसहित दर्जन बढीले टिकट मागेका हुन् ।

यसरी टिकट माग्नेमा संविधान सभा सदस्य झुलबहादुर आले, जिल्ला सदस्य मोहन गिरी, जिल्ला नेता पर्शुराम गिरी, प्रदेश क्षेत्रीय सभापति ईन्द्रबहादुर आले, तिल बहादुर थापा, जीवन चन्द ठकुरी, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी तथा अशोक गिरी छन् ।

उपाध्यक्षमा हालकी उपाध्यक्ष गिनुमाया थापा, नेतृहरु सविना राना, पार्वती गिरी तथा लक्ष्मी मल्ल छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी