म्याग्देले निबन्ध प्रतियोगिता गर्ने

  • ख-
  • ख+

म्याग्देः व्यक्तिगत घटना दर्ता र महत्त्व सम्बन्धमा म्याग्देमा निबन्ध प्रतियोगिता हुने
व्यक्तिगत घटना दर्ता र यसको महत्त्व सम्बन्धमा म्याग्दे गाउँपालिकाले निबन्ध प्रतियोगिता गर्न लागेको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अन्तर विद्यालय प्रतिस्पर्धा गराउन लागिएको गाउँपालिकाले जनाएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा व्यक्तिगत घटना दर्ता सप्ताह आगामी वैसाख १ गतेदेखि ७ गतेसम्म मनाउने कार्यक्रम अन्तर्गत निबन्ध प्रतियोगिता राखिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।


हरेक विद्यालयमा प्रतिस्पर्धा गराइ उत्कृष्ट छनोट गरि २ सय शब्द नघट्ने गरि निबन्ध प्रतियोगिता गराउने र हरेक विद्यालयका उत्कृष्ट निवन्धलाइ १ हजार का दरले पुरस्कार दिइने अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्