तनहुँकी गीता एनआरएनए महिला युरोप संयोजक मनोनित

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा तनहुँ गुणादीकी गीता खनाल थापा मनोनित भएकी छन् । संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो ।


हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।


संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप जिम्मेवारी प्रदान गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्