जनज्योतिमा कृष्णकुमारको स्मृतिमा छात्रवृत्ति अक्षयकोष

  • ख-
  • ख+

भिमादः कोभिडका कारण निधन भएका भिमादका कम्युनिष्ट नेता तथा सामाजिक व्यक्तित्व स्वर्गीय कृष्णकुमार श्रेष्ठको स्मृतिमा उनको परिवारले छात्रवृत्ति वितरण गरेको छ ।

जनज्योति मावि भिमादमा आयोजित कार्यक्रममा परिवारका तर्फबाट छात्रवृत्ति वितरण गरिएको स्वर्गीय श्रेष्ठकी छोरी सरिताले जानकारी दिइन् । कार्यक्रममा परिवारले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक तथा झोला वितरण पनि गरेको थियो ।

भिमादका नगर प्रमुख मेखबहादुर थापा, कांग्रेस सभापति जीतप्रकाश आलेलगायतले स्वर्गीय श्रेष्ठको भिमाद आसपासका क्षेत्रमा सामाजिक योगदानबारे चर्चा गरेका थिए ।

हाल ७५ हजारको अक्षयकोष स्थापना गरिएको र यसमा वृद्धि गर्दै जाने कृष्णकुमारका छोरा सरोजले बताए ।

स्वर्गीय श्रेष्ठकी पत्नी विश्वशान्तिको उपस्थितीमा गरिएको अक्षयकोष घोषणाका दिनमा समेत १६ जना बालबालिकालाई झोला, लत्ताकपडा, जुत्तालगायत शैक्षिक सामग्री र पोशाक प्रदान गरिएको थियो ।

कृष्णकुमारका सन्तततिहरु सरोजकुमार, मनोजकुमार, निरजकुमार तथा सरिताका तर्फबाट अक्षयकोष वृद्धिका साथै फाउण्डेशन समेत स्थापना गरेर अघि बढ्ने परिवारले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी