
दमौलीः व्यास नगरपालिकाको मेयर लड्ने घोषणा गर्दै ईञ्जिनियर दीपकराज जोशीले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपक विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय थिए । लामो समय अमेरिकामा इलेक्ट्रिकल इञ्जिनियरका रुपमा काम गरेर नेपाल फर्केका उनी हाल न्यू मिलेनियम कलेजका प्रवन्ध निर्देशक तथा विभिन्न पत्रपत्रिकामा लेख लेख्छन् ।
जोशीले यस अघि नै व्यासको मेयरमा लड्ने घोषणा गरे पनि आधिकारिक रुपमा बुधबार कार्यालय स्थापना गरेर चुनाव लड्ने छनक दिएका हुन् । उनको कार्यालयको संविधानसभासद उर्मिला थापा तथा पत्रिका वितरक कृष्ण पोख्रेललगायतले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै जोशीले आफूसँग व्यासलाई बस्नलायक सहर बनाउने भिजन रहेको दावी गरे । उनले नेपाली कांग्रेसबाट टिकटको अपेक्षा गरे पनि नपाए स्वतन्त्र चुनाव लड्ने तयारी गरेको बताइन्छ ।