आठौं तनहुँ महोत्सवमा शान्तिश्री र सञ्जिवले दर्शक उफारे, महोत्सव एक दिन थपियो

  • ख-
  • ख+

दमौलीः महोत्सवको दशौं दिन शनिबार दर्शकहरुको बाक्लो भीड लागेको थियो । शनिबार बिदाको दिन परेको र राष्ट्रिय ख्याति प्राप्त कलाकार शान्तिश्री परियारको प्रस्तुतिका कारण पनि दर्शकहरुको भीड बढेको हो । गायिका परियारको करिब आधा दर्जन गीत प्रस्तुतिमा दर्शकहरुले स्वरमा स्वर मिलाउँदै नाचेर साथ दिएका थिए ।


तनहुँका गायक सञ्जिवसिं रानाले आफ्ना चलेका गीत पस्कँदा दर्शक उफ्रि उफ्रि नाचेका थिए । यसैगरी, नृत्य कलाकार रिया श्रेष्ठको नृत्यमा पनि दर्शकले भरपूर मनोरञ्जन लिए ।

महोत्सवमा दर्शकहरुको भीडले महोत्सवस्थल नै भरिभराउ देखिएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए । दर्शकहरुको भीडले व्यापारीहरुमा हौसला थपिएको उनले बताए ।

महोत्सवको नवौ दिन शुक्रबार छेवाङ्ग लामाको प्रस्तुती हेर्न युवायुवतीहरुको बाक्लो भीड लागेको थियो । कार्यक्रमको स्टेजमा आउँदै गर्दा कलाकार लामालाई दर्शकहरुले हुटिङ लगाएर स्वागत गरेका थिए । कलाकार लामाले आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई जुरुक जुरुक नचाएर मनोरञ्जन प्रदान गरेका थिए ।


महोत्सव एक दिन थप
त्यसैगरी महोत्सवको अवधि एक दिन थप गरिएको छ । व्यपारीहरुको बिशेष अनुरोधमा एक दिन समय थपिएको हो । २० गते आइतबार समापन गरिने भनिएको महोत्सवको चैत्र २१ गते सोमबार समापन गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकरका गृहमन्त्री बालवृmष्ण खाँणको प्रमुख आतिथ्यतामा समापन गरिने महोत्सव मुल समारोह समितिका संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी