
दमौलीः महोत्सवको नवौं दिन पच्चीस लाख बराबरको आर्थिक कारोबार भएको आयोजक समितिले जनाएको छ ।
साथै करिब बीस हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् ।
महोत्सवको समय अवधि सकिनै लाग्दा दर्शकहरुको दैनिक भीड लाग्ने गरेको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए । महोत्सवको शुरु दिन बाहेक अन्य दिनमा दर्शकहरुको भीड नै लाग्ने गरेको उनले बताए ।
बिहीबार साँझ भएको सबिन राईको कन्र्सटमा युवायुवतीहरुले भरपुर मनोरञ्जन लिएका थिए । उक्त अवधिमा खटिएका सुरक्षाकर्मीहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे भएको थियो ।
त्यसैगरी,महोत्सवको नवौ दिन छेवाङ्ग लामाको प्रस्तुती हेर्न युवायुवतीहरुको बाक्लो भीड लागेको थियो । कार्यक्रमको स्टेजमा आउँदै गर्दा कलाकार लामालाई दर्शकहरुले हुटिङ लगाएर स्वागत गरेका थिए । कलाकार लामाले आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई जुरुक जुरुक नचाएर मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसैगरी कलाकार बसन्त विश्वकर्माको एकल प्रस्तुती र मधु थापासंगको दोहोरीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्ज्न प्रदान गरेको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण शुक्रबार पनि दर्शकहरुको उल्लेखनीय भीड लागेको थियो ।
Pic: BNB media