मानेचौकाको त्रिभुवन र दुलेगौंडाको पञ्चमुनि पढ्दै कमाउँदै कार्यक्रममा छनोट

  • ख-
  • ख+

दमौलीः तनहुँका दुई विद्यालय पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका छन् ।
शिक्षा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका विद्यालय प्रकाशन गरे अनुसार शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनी देव माध्यामिक विद्यालय र भानु नगरपालिका मानेचौकाको त्रिभुवन माध्यमिक विद्यालय रहेका छन् ।


पञ्चमुनी देव मावि कृषि र पशुपालन कार्यक्रमका लागी छनोट भएको हो भने त्रिभुवन मावि बालि र पशु विज्ञान कार्यक्रमका लागी छनोट भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट गरेको छ ।


प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्