ज्योति मगरले तताइन् महोत्सव, बिहीबार प्रकाश सपुत र खुमनको प्रस्तुती

  • ख-
  • ख+

दमौलीः दमौलीमा जारी तनहुँ महोत्सवको सातौं दिन बुधबार चर्चित कलाकार ज्योति मगरले महोत्सवस्थल मज्जाले तताइन् । कलाकार ज्योतिको प्रस्तुती हेर्नका लागि दर्शकहरुको बाक्लै भीड उपस्थित भएको थियो ।

‘जसले दिन्छ जाली रुमाल’,’ज्योति मगर त्यतै….,’ ‘चानचुन त कहाँ होर जिम्बल बाउको छोरी’ लगाएतका आधा दर्जन गीत गाउँदा दर्शकहरु उफ्री उफ्री नाच्दै हुटिङ गरेका थिए । राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।

बिहीबार अस्मीता अधिकारी, प्रकाश सपुत र सुमन कोइरालाको प्रस्तुती रहनेछ । महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण बिहीबार दर्शकहरुको भीड लाग्ने अपेक्षा गरिएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।

महोत्सवको सातौं दिन करिब बीस हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा करिब रु.२५ लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी