‘म्याग्देको विकासमा धेरै खर्च गर्नु पर्दैन’

  • ख-
  • ख+

म्याग्दे: समिधारा स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । भवनको म्याग्दे गाउँपालिका वडा नं ७ स्थित समिधारा स्वास्थ्य भवनको म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।
भवनको उद्घाटन गर्दै रानाले सुरुमा डेरा घरबाट गाउँपालिका कार्यलय चलाउँदै , कानुन सिक्दै , काम गर्दै अाएकाे स्मरण गर्दै अहिले धेरै भाैतिक पुर्वाधार निर्माणले फड्को मारेको बताइन् ।

‘यसपटक विकासकाे गाेरेटाे काेरेका छाैं , भाैतिक पुर्वाधारमा धेरै लगानी भएको छ , तर अब अाउने जनप्रतिनिधिले पूर्वाधारमा धेरै खर्च गर्न नपर्ने भएको छ ,’ रानाले भनिन् ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले संघबाट कम्तीमा पनि ३० प्रतिशत बजेट अाउनुपर्ने बताए । ‘अहिले जम्मा १५ प्रतिशत बजेट आउँछ , यति थाेरै बजेटबाट सबैतिर विकास पुर्याउनुपर्ने हुन्छ । गाउँ पालिकामा सबै जना केकति पैसा छ नबुझी मलाई चाहियो भन्दै जानुहुन्छ,’ घिमिरेले भने ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कानुन , संरचना , जनशक्ति , अनुभव , नहुँदा नहुँदै पनि नयाँ जनप्रतिनिधि भएर अाएपछि जनप्रतिनिधिले धेरै काम गरेको बताए ।

स्वस्थ जीवनकाे लक्ष्य प्राप्ति गर्ने नेपाल सरकारकाे याेजना अनुसार स्थानीय तहमा स्वास्थ्य चाैकी बन्नु र यहाँबाट सेवासुविधा दिन सक्नु रहेको प्रमुख अधिकारीले बताए । गाउँपालिकाले ७१ वटा कानुन बनाई काम अगाडि बढाएको भन्दै अधिकारीले समृद्ध म्याग्दे गाउँपालिका बनाउन लाग्न सबै गाउँवासीलाइ अनुरोध गरे ।
३४ लाख कुल लागत मध्ये २५ लाख २५ हजारमा स्वास्थ्य चाैकी भवन निर्माण सम्पन्न भएको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रामकृष्ण विक , भिमबहादुर विक , पुर्णचन्द्र घिमिरे , चिनिमाया थापा , नारायण प्रसाद ज्ञवाली , रामभक्त घिमिरे , बालकृष्ण श्रेष्ठ , ऋषिराम पाैडेल , फुलमाया नेपाली , कल्पना भण्डारी , तिलक घिमिरे , शिवकुमारि राना , लगायतका वक्ताहरूले बाेलेका थिए ।

कार्यक्रम गाउँपालिकाका याेजना शाखा प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा जग्गादाता माधव प्रसाद वाग्लेलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्