
दमौलीः राष्ट्रिय उद्योग वाणिज्य संघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको अधिवेशनबाट उपाध्यक्ष विनोद विक, उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव भिम गुरुङ, कोषाध्यक्ष हर्कमान श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, सह कोषाध्यक्ष कर्ण श्रेष्ठ, सह सचिव सुदीप पौडेल, राजेन्द्र घर्ती, सीता पाण्डेसहित २५ सदस्यीय कमिटी गठन भएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ तनहुँका उपाध्यक्ष कविराज श्रेष्ठले बताए ।