देउराली सेभेन ए साइड कपको फाइनल मंगलबार मादी किनारमा, यस्तो छ तालिका

  • ख-
  • ख+

दमौलीः देउरालीनगरस्थित देउरालीनगर युवा क्लबको आयोजनामा सञ्चालित
प्रथम नमस्ते देउराली सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनल मंगलबार हुँदैछ ।

व्यास ३ देउरालीनगरस्थित मादी किनारमा निर्मित खेलमैदानमा सेमिफाइनल तथा फाइनल खेल तय गरिएको वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।

पहिलो पटक आयोजित र युवाहरुको उत्साहजनक सहभागीता भैरहेको प्रतियोगिताको सेमि तथा फाइनल खेल झनै रोमाञ्चक हुने ठानिएको छ ।

आयोजकले मंगलबारको खेलतालिका यसरी सार्वजनिक गरेको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी