दुवै मृगौला फेल भएका टेकबहादुरलाई ५० हजार सहयोग

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भए पनि आर्थिक अभावमा उपचार गर्न समस्या भोगेका व्यास ५ साँगेका टेकबहादुर आलेको उपचारका लागि कुबेत र युएईबाट ५० हजार ५सय सहयोग प्रदान गरिएको छ ।

नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा संविधान सभासद ध्रुव वाग्लेले सहयोग रकम पीडित टेकबहादुरलाई हस्तान्तरण गरे । उनले आलेको उपचारका लागि सघाउन सबै सुभेच्छुकसँग आग्रह गरे । वाग्लेको नेतृत्वमा गएको सहयोग अभियानको एक टोलीले उनको उपचारमा थप पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

सहयोग अभियानमा नेपाली कांग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस तनहुँ आमन्त्रित सदस्य लक्ष्मीभक्त खनाल, नेपाली कांग्रेस व्यास नगर सचिव तथा व्यास ५ वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ र नेपाल तरुण दल व्यास नगर कार्यवाहक सभापति जीवन चन्द लगायत उपस्थित थिए ।
सहयोग रकम (हाल कुवेत र युएईमा कार्यरत) व्यास ६ निवासी बन्दुराज शाही र व्यास ५ निबासी नवीन पुलामीको सक्रियतामा संकलित रकम हस्तान्तरण गरिएको हो ।

पूर्व भारतीय सैनिक आलेको उपचारमा आर्थिक अभाव भएको विषय तनहुँ टेलिभिजन र दमौली न्युजले सार्वजनिक गरे पछि उनको उपचारका लागि अहिले देश विदेशबाट सहयोग संकलन हुने क्रम चलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी