हेमन्तको स्वरमा झुमे दर्शक, प्रितीको ब्याटलमा उफ्रिए

  • ख-
  • ख+

देव गजमेर

दमौली : लोकप्रिय गायक हेमन्त शर्माको प्रस्तुतीबाट सैयौं दर्शक मज्जैले नाचे र सँगसँगै गाए पनि । सोमबार तनहुँ महोत्सवमा दर्शकमाझ विशेष साथ पाएका हेमन्तले आफ्नो गायनबाट दर्शकलाई भरिपुर्ण मनोरञ्जन दिएका थिए ।

जव स्टेजमा हेमन्त शर्माले माया सारै महंगो, माया गर्छु भन्नेले माया देखाई देउ, कि माया गर्न हुन्न र के मात्र भन्न भ्याएका थिए दर्शकले हात हल्लाउदै उनलाई साथ दिएका थिए । उनले गीत गाउदा दर्शकहरुको उत्साह निकै राम्रो देखिएको थियो ।

त्यस्तै अर्की चर्चित लोकदोहोरी गायिका प्रिती आलेको गीतमा पनि दर्शकले मनोरञ्जन लिए । उनीले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । व्याटल देखि ओ मुनि ला है जस्ता थुप्रै आफ्ना हिट गित गाएर दर्शकलाई उफारेकी थिइन् । महोत्सवमा स्थानीय कलाकार सहित अन्य कलाकारको पनि प्रस्तुती रहेको महोत्सवका साँस्कृतिक संयोजक कुमार मल्लले बताए ।

महोत्सवमा दर्शकको संख्या बढ्दै, ४० लाखको कारोवार
‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पुर्वाधार’ नारा सहित २० गते सम्म संचालन हुने तनहुँ महोत्सवमा दर्शकको संख्या बढ्दै गएको छ । आज सोमबार मात्रै ३० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्नु का साथै ४० लाख बराबरको कारोवार भएको महोत्वका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी