
दमौली : आज राष्ट्रिय कलाकार पशुपति शर्मा र एलिना चौहान को प्रस्तुती रहने छ । तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकास को पुर्वाधार भन्ने नारा सहित यहि चैत्र १० गते देखि २० गते सम्म संचालन हुने तनहुँ महोत्सवमा स्थानीय कलाकारहरुले पनि दर्शकलाई मनोरञ्जन दिने आयोजक ले जनाएको छ ।
त्यस्तै दर्शकको रोजाई लाई मध्ये नजर गरी तनहुँ महोत्वले यहि आउदो १५ गते कन्सर्ट राख्ने भएको छ । चर्चित राष्ट्रिय गायक सविन राईलगायतका कलाकारले १५ गते दर्शकलाई मनोरञ्जन दिने उद्योग वाणिज्य संघ का द्धितीय उपाध्यक्ष एवम् महोत्सवका साँस्कृतिक संयोजक कुमार मल्लले जानकारी दिए ।