
दमौली : गत चैत १० गते देखि जारी तनहुँ महोत्सव मा आज शनिबार महेत्सव हेर्न आउने दर्शकको ओइरो लागेको छ । सुरक्षाकर्मीलाई समेत दर्शकको भिडलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो ।

महोत्सवको तेस्रो दिन चर्चित राष्ट्रिय लोकदोहोरी तथा स्वारसम्राट राजु परियार, स्टेजमा चढ्दा महोत्सवको माहोल नै उर्लिएको थियो । गायक परियारले आफुले गाएका थुप्रै गितमा दर्शन झुमेका थिए । उनले गाएको गीतमा दर्शहरु कम्मर मर्काइ मर्काइ छमछमी नाचेका थिए ।

अर्की गायिका रचना रिमाल ले सम्झिने पानी छम्किने ’ बोलको गीत गाउँदा दर्शक गीतको तालैमा नाच्दै गाएका थिए । उनले गाउदा अतिथिहरु समेत नाचेका थिए । रिमाल ले अन्य थुप्रै गीतहरु गाएर दर्शकलाई मनोञ्जन दिएकी थिईन ।

यस्तै अनुराग थापा मगर लगायतका अन्य थुप्रै स्थानीय कलाकारहरुको प्रस्तुतीले पनि दर्शकहरुले भरीपूर्ण मनोरञ्जन लिएको आयोजक ले जनाएको छ ।