‘सचिन प्रतिभावान युवा’

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले स्व. सचिन प्रतिभावान युवा भएको बताएका छन् ।

रोटर्याक्ट क्लब अफ दमौली द्वारा आयोजित १९ अाैँ सचिन स्मृति खुल्ला दाैड प्रतियोगिताकाे उद्घाटन गर्दै न्याैपानेले साे कुरा बताएका हुन् ।
‘प्रतिभावान युवा व्यक्तिलाई हामीले दुर्घटनामा गुमाउन पर्याे , यसमा ज्यादै दुख लागेको छ,’ न्याैपानेले थपे । सुसान्त अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा दिनेश कुमार श्रेष्ठ , श्रीराम गन्दर्भ , विशाल श्रेष्ठ लगायतका ब्यक्तिहरूले कार्यक्रमकाे महत्त्वकाे बारेमा बाेलेका थिए ।

प्रतियोगितामा १ सय ४४ जना धावकले भाग लिएका छन् । खुल्ला दाैड प्रतियोगिता दमाैलीकाे अनसन चाैतारिबाट , सफासडक , पृथ्वीराजमार्ग , गल्वुबेशि , भादगाउँ हुँदै छाब्दि बाराहि मन्दिर सम्म पुग्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमशः १२ हजार १२ , १० हजार १० र ८ हजार ८ रूपया रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी