महोत्सवको दोस्रो दिन तृष्णा र राजनको गितमा झुमे दर्शक

  • ख-
  • ख+

दमौली : आठौं तनहुँ महोत्सवको दोस्रो दिनमा कलाकारहरू तृष्णा गुरूङ , राजन कार्कीको गितमा दर्शकहरू मज्जाले झुमे । यस सँगसँगै ज्योति लोहनी, उमादेवि खनाल,रमेश श्रेष्ठ, सावित्रा हड्खले,सुभद्रा श्रेष्ठ,सीता गुरूङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुती मा दर्शकहरूले नाचेर साथ दिए ।

तृष्णा को प्रस्तुति हेर्न युवायुवतीहरू दिउँसो देखि कुरेर बसेका थिए । कलाकारको प्रस्तुतीमा दर्शकहरू रमाइलोमा झुम्दै नाचेर साथ दिएका थिए । साथै कार्यक्रममा गाउँवेसि रोधि घर डुम्रे र लोक दोहोरि प्रतिष्ठान तनहुँ बिच लोकदोहोरी प्रतियोगिता भएको थियो ।

महोत्सवको तेस्रो दिनमा भोलि राष्ट्रिय कलाकार राजु परियार, रचना रिमाल, लक्ष्मी नेपाली र अनुराग थापाको प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक कुमार मल्लले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्