देउरालीनगर कपको उद्घाटन गर्दै मेयर न्यौपानेले भने, ‘व्यास ३ मा नमूना विकास’

  • ख-
  • ख+

दमौलीः व्यास ३ देउराली नगरमा बिहीबार देखि सेभेन ए साइड खुल्ला प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले व्यास ३ मा नमुना योग्य विकास भएको चर्चा गर्दै व्यास मूर्ति नर्माण सम्पन्न भय पछि आर्थिक गतिविधि बढ्ने बताए ।


जिल्ला समन्वय उप प्रमुख पवित्रा पौडेलले युवाहरूको अभियान मा साथ दिने बताइन् ।
व्यास ३ का वडा सदस्य रबिन पौडेलले मादी किनारमा बस पार्क निर्माण गर्नुपर्ने र मादी नदीमा जलविहार सन्चालन गर्नुपर्ने बताए ।


नमस्ते देउराली क्लबका अध्यक्ष तिलबहादुर थापाको सभापतित्वमा आयोजित प्रतियोगिता मा शिव पान्चायन माविका अध्यक्ष बिष्णुभक्त न्यौपाने, देउरालीनगर आमा समुहकी अध्यक्ष श्रीमाया रानाभाट लगायतले मन्तव्य राखेका थिए ।


प्रतियोगितामा तनहुँ बाहिरका जिल्ला सहित २५ टिमको सहभागिता रहेको खेल संयोजक विश्व अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी