पेट्रोलियम ढुवानी भाडा समायोजन माग गर्दै डिलरद्वारा बिक्री रोक्ने चेतावनी

  • ख-
  • ख+

दमौलीः डिजेलको मूल्य अत्यधिक वृद्धि भए पनि ढुवानी भाडा समायोजन नभएको भन्दै पेट्रोलियम व्यवसायीले ढुवानी तथा बिक्री दुवै रोक्ने चेतावनी दिएका छन् ।

यस अघि देखि नै आफ्ना माग राखिएको भए पनि सुनुवाइ नभएको भन्दै व्यवसायीले तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाउँदै माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पूर्वी गण्डक पेट्रोलियम एसोसिएसनका अध्यक्ष शितलकाजी मास्केद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले दिएको माग पत्र नेपाल आयल निगम र सरकारले सम्बोधन नगरेको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

आफ्ना माग पुरा नभएमा चैत्र १८ गतेबाट अमलेखगञ्ज डिपोबाट पेट्रोलियम आपूर्ति नगर्ने तथा चैत्र २० बाट पेट्रोलियम विक्री नगर्ने चेतावनी दिइएको तनहुँका अगुवा व्यवसायी महेन्द्रमोहन भट्टराईले जानकारी दिए ।

व्यवसायीले पेट्रोलियम ऐनको निर्माण, एलपीजी विनियमावली तथा वैज्ञानिक भाडादरसमेत लागू गर्न माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्