‘तनहुँमा जोखिम छ यात्रा गर्दा अनिवार्य मास्क लगाउनु’

  • ख-
  • ख+

दमौली : तनहुँ प्रशासनले तनहुँ कोरोना संक्रमणका दृष्टिले जोखिमयुक्त रहेको भन्दै सजगता अपनाउन अनुरोध गरेको छ ।

हालसम्मको संक्रमणको अवस्था विश्लेषण गर्दा तनहुँ पनि कोरोना संक्रमणका दृष्टिले सम्वेदनशील रहेको उल्लेख गर्दै प्रशासनले बजार तथा सार्वजनिक यात्रामा अनिवार्य मास्क लगाउन र स्वास्थ्य संवेदनशीलता देखाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालद्वारा जारी विज्ञप्तिमा व्यापार व्यवसाय तथा सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना नभएको गुनासो आएको उल्लेख छ ।

साथै पटक पटक साबुन पानीले हात धुन र स्यानिटाइजर लगाउन भन्दै प्रशासनले नियम पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी