तनहुँ मगर समाजको भवनको मेयर न्यौपानेद्वारा उद्घाटन

  • ख-
  • ख+

दमौलीः तनहुँ मगर समाज मालेबगरले नवनिर्मित भवन उद्घाटन गरेको छ । व्यास २ मालेबगर टोलमा निर्मित भवनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यैपानेले उद्धघाटन गरेका हुन् ।
व्यास नगरपालिकाको १० लाख रुपैयाँ र व्यास नगरपालिका वडा नं २ कार्यालयबाट रु.६ लाख, तनहुँ मगर समाज आमा समुहको विविध कार्यक्रमबाट रु ६ लाख र तनहुँ मगर समाज समितिका पदाधिकारीको रु ६ लाख गरी करिब ५९ लाखकोे लगानिमा भवन निर्माण गरिएको हो ।
भवन उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले मगर समुदायले आफ्नो धर्म संस्कृति र संस्कारको लागि शसक्त रुपमा अघि बढेको बताए । मगर समुदायको कलासंकृति, मौलिकता संरक्षण एवं सम्बद्र्धनकाो लागि नगरपालिका सदैब तत्पर रहेको न्यौपानेको भनाइ थियो ।

नगर उपप्रमुख मिरा जोशीले नपाको १४ वटा वडाका आमासमुहका भवन , सामुदायिक भबन, पहुँच मार्ग, स्कुल तथा वडा कार्यलयहरुलाई समान रुपले बजेट बिनियोजन गरेको र अझै धेरै विकासका काम गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले भवन मगर समाजको मात्र नभई वडा नं २ को गहना को रुपमा रहेको बताए । कार्यक्रममा जग्गादाता एकबहादुर राना र ईमानसिंह रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष रामबहादुर रानाले आर्थिक तथा वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।

निलबहादुर थापाको सभापतित्यमा सम्पन्न उक्त कार्यक्रममा वास १३ का अध्यक्ष लेख ब राना, ऋषिङ वडा नं ५ का अध्यक्ष पदमबहादुर थापा, संघका निवर्तमान अध्यक्ष भोजबहादुर थापा, संघका सल्लाहाकार बिना राना, विभिन्न वडाका सदस्य लगाएतको उपस्थिति रहेको संस्थाकी सचिव कमला थापाले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी