
थर्पुः किरियापुत्री भवन निर्माणका लागि म्याग्दे ४ थर्पु निवासी भुवन अछामीले निःशुल्क जग्गा दान गरेका छन् ।
थर्पु बजार बासीहरुको समस्यालाइ मध्य नजर गरेर अछामीले थर्पु किरियापुत्री भवन निर्माणका लागि तीन आना जग्गा निःशुल्क दान दिएका हुन् ।
अछामीले थर्पु खानेपानीको नाममा जग्गा पास गरी अध्यक्ष शेरकुमार मल्लको हातमा लालपुर्जा हस्तान्तरण गरेको वडा सदस्य दीपक श्रेष्ठले बताए ।
सदस्य श्रेष्ठकै पहलमा उक्त जग्गा दान भएको बताइएको छ । लागत सहभागितामा ५ लाख र वडा बाट २ लाख गरि .७ लाख बराबरको काम शुरु भएको सदस्य श्रेष्ठले बताए । भवन निर्माणको लागि सहयोग गर्न इच्छुक व्यक्तिहरूलाइ समितिले सहयोग खुल्ला रहेको बताएको छ ।