पल शाह प्रकरणः गैंडाकोटको बयानपछि फेरि तनहुँमा बयान

  • ख-
  • ख+

दमौलीः नाबालिग गायिकामाथि बलात्कारको अभियोग सामना गरिरहेकका कलाकार पल शाहसँग गैंडाकोट प्रहरीले बयान सकेको छ ।

तनहुँमा प्रहरी हिरासतमै रहेका बखत उनीविरुद्ध गैंडाकोटमा समेत उजुरी परे पछि शाहलाई झिकाइएको थियो ।

चैत्र ४ गतेसम्मको म्याद तनहुँ प्रहरीले लिए पनि नवलपरासीमा समेत बलात्कारकै अभियोगमा नाबालिगबाट उजुरी परे पछि बयान लिएर उनलाई तनहुँ पठाइएको गैंडाकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले शाहमाथि अब तनहुँमै थप अनुसन्धान हुने जानकारी दिए । ‘अब उहाँविरुद्ध यहीं अनुसन्धान गरेर मुद्दा बुझाउनेछौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्