आगलागी प्रभावितको घरका लागि अमेरिकाबाट ५० हजार

  • ख-
  • ख+

दमौलीः अमेरिका निवासी एक दम्पत्तीले व्यास ४ मा भएका आगलागी घटनाका प्रभावितलाई विशेष आवासीय भवनका लागि भन्दै ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

हेम थापा र उनको श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एन्ड माया फाउन्डेसनमार्फत सो सहयोग पठाएका हुन् ।

नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले सहयोग रकम व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपानेमार्फत हस्तान्तरण गरे ।

संस्थाले २१ जना असहाय विद्यार्थीको पढाई र आवासको व्यवस्था गर्नुका साथै देशमा करोड बढी सहयोग गरेको बताइएको छ । तेह्रथुम जन्म घर भएका थापा दम्पती हाल अमेरिकाको न्यूयोर्कमा कार्यरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्