
दमौली : हेभी ईक्युमेन्ट व्यवसायी संघ तनहु्ँको साधारण सभा सम्पन्न भएको छ । सोहि सभाले नयाँ कार्यसमिति सर्वसम्मतबाट गठन गरिएको नव निर्वाचित सचिव शिव आलेले जानकारी गराए ।
अध्यक्षमा भरत भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि उपाध्यक्षमा ज्ञानेन्द्र वसौला र विजय घिमिरे चयन भएका छन् । सचिवमा शिव आले,कोषाध्यक्षमा सलिम मिया, सह–सचिवमा संगिता घिमिरे लगायतका पदाधिकारीहरु चएन भएका हुन् ।