उज्यालो घरलाई तीन वर्षिया बालिकाको सहयोग

  • ख-
  • ख+

दमौलीः तीन वर्षिया बालिकाले आफ्नो जन्मदिनको अवसर पारी उज्यालो घर बालगृहमा आश्रय लिइरहेका बालबालिकाका लागि सहयोग गरेकी छन् ।

उनले बालगृहका बालबालिकाका लागि चामल, दाल, तेललगायत खाद्यान्नका साथै कापी कलम सहयोग गरेकी हुन् ।

नातिनीका तर्फबाट परिवारले सहयोग हस्तान्तरण गरेको हजुरबुबा एवं तनहुँ उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सानैदेखि सहयोगको भावना विकास गर्न सहयोगका लागि प्रेरित गरेको हजुरआमा सुभ श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठ परिवारले यस अघि पनि उज्यालो घरका बालबालिकाका लागि आवश्यक सामग्री सघाउँदै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्