
देव गजमेर दमौली : युवा स्रष्टा विनोद कुमार वि.क. विकासद्धारा लिखित “जातिप्रथाको मारमा दलित समुदाय” र “लोकतन्त्रमा नेपाली जनता”नामक पुस्तक शनिवार विमोचन गरिएको छ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको सभा हलमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
प्रमुख अतिथि प्रगतिबादी लेखक डा. कृष्ण राज अधिकारीले कार्यक्रमको उद्घाटन व्यानर पढेर गरेका थिए । त्यस्तै पुस्तकको समिक्षा विशिष्ट अतिथि प्रगतिबादी लेखक डा प्रशुराम कोईराला र डम्बर देव कैनीले गरेका थिए । कार्यक्रममा उपस्थित वक्ताहरुले पुस्तकका बारेमा बोल्दै नयाँ पुस्ताको साहित्य प्रतिको मोहलाई हौसला दिने बताउदै नेपाली साहित्यको सहि ढङ्गले विकास भएमा नेपाली समाजको पुनर्जागरण टाढा नरहेको जिकिर गरे ।
“जातिप्रथाको मारमा दलित समुदाय” पुस्तकको समिक्षा संगै अजै पनि यो समाज मा दलित प्रति हेरिने दृष्टीकोण उस्तै भएको बताएका थिए । पुस्तक समिक्षाकै प्रशंगमा अजै पनि यो समाजमा दलितले ल्याएको भेटि नचलेको उदाहरण दिएका थिए । कलिलो उमेरका लेखक विनोद कुमार वि.क. विकासलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।
कार्यक्रममा धन कुमारी श्रेष्ठ, पत्रकार पुर्ण वि.के.दिवाकर भट्टराई , नारायण मरासिनी, नेपाली लेखक संघ की अध्यक्ष गौकुमारी न्यौपाने, आकास अधिकारी लगायतले पुस्तकका विषयमा आफ्नो विचार राख्दै लेखक प्रति शुभकामना व्यक्त गरेका थिए । प्रगतिशिल लेखक संघका अध्यक्ष नारायण श्रेष्ठको सभापतीमा सो कार्यक्रम भएको थियो ।