पाँचौं व्यास नगर अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मीका वेदबहादुर विजेता, उपाधिमा सेनाकै वर्चस्व

  • ख-
  • ख+

दमौलीः त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार पाँचौं संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको विजेता बनेका छन् ।

मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट सात सेकेन्डमा पूरा गर्दै उनी विजेता भए ।

यसैगरी, नेपाली सेनाकै मोहनदेव जोशी तीन घण्टा पाँच मिनेट ५० सेकेण्डमा दूरी परा गरी दोश्रो भए भने तीन घण्टा नौ मिनेटमा दौड पूरा गरी सेनाकै नवराज साउद तेश्रो भए ।
सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

विजेताले ८५ हजार ७८ , ६५ हजार ७८ पुरस्कार पाएका छन् । यसैगरी, दोश्रोले ५५ हजार ७८ तथा तेश्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी