पहिरोपीडित परिवारलाई घर बनाउन ऋषिङले दियो पैसा

  • ख-
  • ख+

ऋषिङ: ऋषिङ गाउँपालिका वडा नम्बर ८ भैसीकिल्लिमा गत असार २८ गते गएको पहिरोका कारण घर तथा भौतिक संरचना पूर्ण रुपमा क्षति भएका पाँच वटा परिवारलाई ऋषिङ गाउँपालिकाले ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

नयाँ आवास निर्माणका लागि प्रति परिवार एक लाख रुपैयाँका दरले पीडितहरुलाइ रकम हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पहिरोका कारण पूर्णरूपमा नष्ट भएका घर पुनःनिर्माणका लागि सोमबार चेकमार्फत पिडित परिवारलाई रकम प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्रति परिवारका लागि सात आनाका दरले जग्गा खरिदका लागि रकम हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले प्रति परिवारका लागि २० हात मोहडा र ४० हात पिछड भएको जग्गा घर निर्माणको लागि र अन्य प्रयोजनलाई समेत गरी सात आना प्रति परिवारका दरले जग्गा खरिद गर्न सो रकम गाउँपालिकाले सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो ।

मंगलबार गाउँपालिकाले एक कार्यक्रमकाबीच पीडित परिवारलाई जग्गाको लालपुर्जा समेत हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी