नवआदर्स आमा समुह गल्वुको भवन शिलान्यास

  • ख-
  • ख+

विकास खनाल
गल्बुबेसीः
नवआदर्स आमा समुह गल्वुबेसीको भवन शिलान्यास भएको छ । भवनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै गल्वुसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले गल्बुबेसी विविध हिसाबले महत्त्वपूर्ण भएको भन्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने गरेको बताए ।

आमा समुहको भवन निर्माणको लागि व्यास नगरपालिकाबाट ५ लाख सहयोग प्रदान भएको मेयर न्यौपानेले बताए । कार्यक्रममा व्यास नगरपालिका वडा नँ १ का वडा सदस्य चुडामणि दाहालले नगरपालिकाको सहयोग रकमले मात्रै पर्याप्त नभएको भन्दै आआफ्नो ठाउँबाट स्वस्फूर्त रूपमा रकम संकलन गरि भवन सम्पन्न गर्नुपर्ने बताए ।


दाहालले भवन निर्माणको लागि ५ हजार सहयोग गरेका थिए । यस्तै खगनिधि हड्खलेले ५ हजार , अर्जुन हड्खलेले ५ हजार , धनराज हड्खलेले ५ हजार र जग्गादाता गंगाकुमारी हड्खलेले ५ हजार भवन निर्माणको लागि सहयोग गरेका छन् ।

आमा समुहकी अध्यक्ष सावित्रा हड्खलेको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा
नवआदर्स टोल बिकास संस्थाका अध्यक्ष ल्याप्टेन देवबहादुर गुरूङ , सीता अधिकारी , राजेश्वर हड्खले लगायतका बक्ताहरूले समयमै गुणस्तरीय भवन सुरुवात सँगै सम्पन्न हुनेमा विस्वस्त रहेको बताए ।

स्थानीय गंगाकुमारी हड्खलेले निःशुल्क दान दिएको साँडे दुई आना जग्गामा भवन बन्ने आमा समुहकि अध्यक्ष सावित्रा हड्खलेले बताइन् । उनले भवन बन्ने ठाउँमा जग्गा खार्ने काम भैसकेको र तत्कालै काम सुरु हुने बताइन् । अध्यक्ष हड्खलेले सबैको सहयोगले मात्रै भवन बन्न सक्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेकी छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्