
दमौलीः सशस्त्र प्रहरी बलको एपीएफकी कान्छिमाया कोजु दोश्रो व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा विजेता बनेकी छन् ।
राष्ट्रिय खेलाडी कोजुले एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा दमौलीबाट ऐतिहासिक तनहुँसुरसम्मको निर्धारित २१ किलोमिटरको दूरी पार गर्दै विजेता बनेकी हुन् ।
सोही दूरी दुई घण्टा चार मिनेट ४२ सेकेण्डमा पुरा गरेकी नेपाली प्रहरीकी रेखा बिष्ट दोश्रो तथा दुई घण्टा ११ मिनेट २३ सेकेण्डमा पुरा गर्ने व्यास–१० की नम्रता गुरुङ तेश्रो भए ।

गत वर्ष रोकिए पनि यसपाली प्रतियोगिता गरिएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा भएको प्रतियोगितामा संविधान सभासद रामचन्द्र पोखरेल, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा उप प्रमुख मीरा जोशीले प्रतियोगिताको पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा विजेतालाई ४१ हजार ७८ उपविजेतालाई ३१ हजार ७८ तथा तेश्रोलाई २१ हजार ७८ नगद पुरस्कार प्रदान गरियो ।
सान्त्वनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरियो ।
