
विकास खनाल
दमौली: व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले व्यास नगरपालिकालाइ बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा नगरपालिका लागेको बताएका छन् ।
सुक्रबार व्यास नगरपालिकाकाे हलमा भएको बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बाेल्दै प्रमुख न्याैपानेले उक्त कुरा बताएका हुन् । सिङ्गो नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नकाे लागि तत्काल वडा नं २ , १३ र १४ नम्बर वडामा याे अभियान थालिएको प्रमुख न्याैपानेले बताए ।
सबै वडा र टाेलमा एकैसाथ अभियान अगाडि बढाउँदा प्रभावकारी हुन वडा वडाकाे भाग लगाई अभिमुखिकरण कार्यक्रम थालिएको उनको भनाइ थियो । बालमैत्रि घाेसणा अभियानका लागि वडामा , टाेलमा बालक्लव गठन गरिएको र याे अभियान सबै वडामा चलिरहेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
बालबालिकालाई शिक्षा , स्वास्थ्यकाे क्षेत्रमा , बालबालिका बचाउने अभियानकाे क्षेत्रमा , बालबालिकाकाे हक अधिकारकाे क्षेत्रमा , विकास कार्यमा वालमैत्री वडा घोषणा गर्ने क्षेत्रमा , बाल संरक्षण र वालसहभागिता लगायतका क्षेत्रमा अभिभावक , समाज , टाेल , वडा , नगरले कस्तो खालको भुमिका खेल्न सकिन्छ र कसरी जिम्मेवार बन्ने भन्ने बारेमा अभिमुखिकरण दिइएको थियो ।
कार्यक्रममा प्रशिक्षण दिँदै शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले बालमैत्रि घाेसणाका लागि केही महत्त्वपूर्ण सुचकहरू पूरा गर्नुपर्ने बताए । ती सुचकहरू लाई पूरा गर्न सक्यौं भने हाम्रो लक्ष्य पूरा हुन्छ रेग्मीले भने । कार्यक्रममा रामनाथ भट्टराई , लक्ष्मी गुरूङले अभिमुखिकरण गरेका थिए ।
वडा अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मिरा जाेशी , वडा सदस्य कल्पना पाेख्रेल , वडा सचिव पम्फा बस्नेत लगायतका बक्ताहरूले बाेलेका थिए । कार्यक्रममा वडा नं २ का जनप्रतिनिधि , कर्मचारी , टाेलका अध्यक्ष सहित पदाधिकारी हरू , विद्यालयका प्रअ ,व्यवस्थापन समितिका अध्यक्ष , क्लबका अध्यक्ष लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रम सनिवार पुन बालबालिकालाई प्रशिक्षण दिएर सकिने वडा सचिव पम्फा बस्नेतले बताइन् ।