पलविरुद्धको जाहेरी तनहुँमा किन ?

  • ख-
  • ख+

दमौलीः अभिनेता पलशाहविरुद्ध तनहुँ प्रहरीमा नाबालिग गायिकमाथि बलात्कारको अभियोगले अहिले रंगजगत तातेको छ । यस अघि बलात्कार भनिएको घटना पोखरामा भएको चर्चा थियो । तर कास्की प्रहरीले भने कार्यक्षेत्र नपर्ने भन्दै दर्ता नगरेको खबर पनि सञ्चारमाध्यममा आएको थियो ।


कास्कीको घटना तनहुँमा किन दर्ता भयो त भन्ने प्रश्न पनि उठ्न सक्छ । तर पारिवारिक श्रोतका अनुसार घटना नै तनहुँमा भएकाले उनीविरुद्धको जाहेरी तनहुँ प्रहरीमै दर्ता भएको हो ।

तनहुँ दुलेगौंडामा एक म्यूजिक भिडियो छायांकनका क्रममा घटना भएकाले तनहुँमै दर्ता गरिएको पारिवारिक श्रोतले बताएको छ । यसअघि घटना मिलाउन पलले पहल गरे पनि पछि बेवास्ता गर्न थालेपछि परिवारले जाहेरी दिएको बुझिएको छ ।

पलले रंग पत्रकार र केही निकट व्यक्तिको पहलमा पहिले जाहेरी रोक्न सफल भए पनि पछि प्रतिवद्धताबाट बाहिर गए पछि र अडियो समेत लिक भए पछि गायिकाको परिवार जाहेरी दर्ता गर्ने निष्कर्षमा पुगेको बताइन्छ ।

तर जाहेरी दर्ता गरे पनि तनहुँका प्रहरी प्रमुख र प्रवक्ताले दमौली न्यूजको निरन्तरको सम्पर्कमा पनि फोन उठाएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी