अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी

  • ख-
  • ख+

दमौलीः बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता भएको प्रहरी श्रोतले जनाएको छ ।

यस अघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ ।

बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी