‘चलचित्र लाइफ इन एलए’ बैशाखमा रिलिज

  • ख-
  • ख+

दमौली: अमेरीका र नेपालको पोखरा,भिमाद लगाएतको ठाउँमा छायांकन भएको चलचित्र ‘लाइफ इन एलए’को रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको सिनेमा नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

निर्माण टिमले सार्वजनिक विज्ञप्तीअनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्म १८ वर्ष देखि लस एन्जेलसमा बसोबास गरिरहेका तनहँु भिमाद निवासी ब्यास बिशुले निर्माण गरेका हुन् । उनी पेशाले इन्जिनियर भएता पनि लामो समय देखि अमेरिकाका नेपाली समुदायलाई खेलकुद सहित विभिन्न मनोरंजन कार्यक्रमहरु गर्दै आएका थिए ।

फिल्म निर्माणमा नयाँ भएता पनि उनले अमेरिकामा नेपाली फिल्महरु प्रदर्शन गर्ने, कलाकर्मी तथा खेलाडीहरुलाई अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउने काम धेरै अघि देखि गर्दै आएका हुन् ।अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ । चलचित्रमा व्यास बिस्सु, अकेशा बिस्ट,शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल ,संचारक्रमी विष्णु गौतम लगायतको पनि अभिनय छ ।

संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन् ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका ) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन , एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ को स्वर रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी