दमाैली अस्पताल विकासकाे अध्यक्षमा जसपा नेता देवेन्द्र

  • ख-
  • ख+

बिकास खनाल
दमाैली: दमाैली अस्पताल विकास समितिकाे अध्यक्षमा देवेन्द्र थापा चयन भएका छन् । चार महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापा चयन भएका हुन् । थापा सँगै समितिकाे अन्य सदस्यहरुमा विर बहादुर थापा, सुशिला शर्मा, सिर्जना सिग्देल, खड्ग बहादुर आले र केश बहादुर सुनार चयन भएको दमाैली अस्पतालले जनाएको छ ।

लामो समय सम्म अध्यक्ष लगायत समिति रिक्त हुँदा अस्पतालकाे विभिन्न निर्णयका कामहरू प्रभावित हुँदै अाएकाे थियो । अब भने समिति नियुक्ति सँगै सहजता हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी