
दमौली : व्यास २ ले वडाभरका टोल विकास संस्था तथा बाल क्लबका पदाधिकारीलगायतलाई बाल अधिकारबारे प्रशिक्षण दिने भएको छ ।
वडाध्यक्ष एवं बाल संरक्षण समितिका संयोजक काशीराम श्रेष्ठको अध्यक्षतामा प्रशिक्षणमा जनप्रतिनिधि , कर्मचारी , २ नम्बर वडा भित्रका १७ वटा टोल समितिका अध्यक्ष , बाल क्लबका अध्यक्ष र सचिव , आमा समुहका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहभागी गराइने वडा सचिव पम्फा बस्नेतले बताइन् ।
बालबालिकाहरूको समिति गठनसँगै उनिहरूको जिम्मेवारी र दायित्व तथा उद्देश्यसँगै शिक्षा, स्वास्थ्य र बालअधिकारका बारेमा प्रशिक्षण दिइने शिक्षा अधिकृत नवीन पराजुलीले बताए । फागुन १३ र १४ गते दुई दिन नगरपालिकाको हलमा चल्ने प्रशिक्षण कार्यक्रममा बाल बिज्ञहरू ल्याइ प्रशिक्षण दिइने वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए ।
प्रशिक्षण पश्चात् बालबालिका हरू बालअधिकारको क्षेत्रमा पोख्त हुने बाल संरक्षण समितिले विश्वास लिएको छ । टोल , वडा र नगरपालिकामा बालबालिकाको समिति नठन पछि नगरपालिकाले बालमैत्री वडा घोसणा गर्ने र पछि बालमैत्रि नगरपालिका घोसणा गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना पोख्रेल , वडा सदस्य टुकबहादुर हमाल , लालबहादुर थापा लगायत टोल समितिका अध्यक्षहरूको उपस्थिति रहेको समितिका सदस्य विकास खनालले बताए ।