शैक्षिक बेरोजगारलाई अनुदान दिन व्यासको कार्यविधि

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिनका लागि कार्यविधि तयार गरेको छ । यस अघि नै पारित कार्यक्रमका लागि आइतबार बसेको नगर कार्यपालिका बैठकले यस्तो कार्यविधि पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारबाट फिर्ता हुनेहरुलाई वितरण गरिने अनुदान सम्बन्धी कार्यविधि पनि तयार पारेको छ । यसैगरी, कर्मचारी सेवा सुविधा मापदण्ड, पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि पनि नगरपालिकाले तयार पारेको छ ।

बैठकले आगामी चैत्र ३० गते व्यास नगरपालिकाको स्थापना दिवस मनाउन नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मुल समारोह समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

दिवसका लागि वडा अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा – स्मारीका प्रकाशन समिति, वडा अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा – पुरस्कार छनौट सिफारिस समिति गठन गर्ने निर्णय पनि गरिएको नगरपालिकाको विज्ञप्तिमा छ ।

बैठकले जथाभावी कुखुरा, अण्डा ओसार पोसार कार्यले वर्ड फ्लु आउन सक्ने हुदाँ त्यस्को निगरानी राख्न र समस्या देखिएमा तत्काल सूचना दिन सम्बन्धीत सबैमा अनुरोध गर्ने निर्णय पनि गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्