भिमादमा एन्फा लिग फुटबल शुरु

  • ख-
  • ख+

भिमादः तनहुँको भिमादमा मंगलबारबाट एन्फा लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरु लिगअन्तर्गतका एक खेलमा अजम्बरी युवा क्लब विजयी भएको छ । यस्तै, एक खेल भने बराबरीमा रोकिएको छ ।

प्रतियोगिताअन्र्तगतको पहिलो खेलमा पुलजीप युवा कलब आँबुखैरेनी – ४ र युथ कलब भिमादबीच गोलरहित बराबरी भएको छ ।

यसैगरी, दोस्रो खेलमा अजम्बरी युवा कलब बन्दीपुरले अकला युवा कलब बरादीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

तनहुँ एन्फासँग आवद्ध १० टिमले भाग लिने प्रतियोगिताका विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष
अध्यक्ष रत्नकुमार श्रेष्ठले बताए ।

लिगको उक्त प्रतियोगितामा अन्तिम हुने दुई टिमलाई घटुवा गरि बी डिभिजनमा झारिने र आगामि वर्ष बी डिभिजन प्रतियोगिताको आयोजना गरी त्यसमा प्रथम र द्वितिय हुने टिमलाई ए डिभिजनमा बढुवा गरिने श्रेष्ठले बताए ।

प्रतियोगितामा तनहुँका १० टिम भिड्दैछन् । मंगलबारबाट हुने प्रतियोगिताको एन्फाले तालिका सार्वजनिक गरेको छ ।

गोलाप्रथाद्वारा सार्वजनिक तालिकाअनुसार समुह ए मा व्यासका हैरान्स क्लब र दोभान युवा क्लब तथा आँबुखैरेनीको अकला युवा क्लब तथा मर्स्याङदी युवा क्लब र बन्दीपुरको अजम्बरी युवा क्लब छन् ।

यस्तै, समूह बीमा आँवुखैरेनीको पुलजिप युवा क्लब र अलस्टार युवा क्लब, भिमादको भिमाद युवा क्लब, शुक्लागण्डकीको खैरेनीटार युवा क्लब र व्यासको नवमित्रता युवा क्लब रहेको एन्फा तनहुँका अध्यक्ष श्रेष्ठले बताए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्