आँबु २ मा निगरानी समूह गठन

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाँउपालिका वडा न २ले बासुदेब थापाकाे संयोजकत्वमा निगरानी समूह तथा मेलमिलाप कर्ता गठन कार्यक्रम साेमबार सम्पन्न गरेको छ। गठित समूहमा मेलमिलापकर्ता सम्झना विक,वेलुमाया थापा,कमल बहादुर मगर,जग बहादुर मगर तथा कपला पाण्डे रहनुभएकाे छ।

कार्यक्रममा स्टेसनरी वितरण समेत गरिएकाे थियाे।कार्यक्रममार्फत आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले निगरानी तथा मेलमिलाप समूह लागू हुनु भनेकाे राष्ट्रलाई ठुलाे सहयाेग हुनु हाे भन्दै आफ्ना भनाई स्पष्ट पार्नुभएकाे थियाे।

थापाले स-साना झैझगडाका अल्झनहरू स्थानीय परिवेश बाटै सल्टिने,सत्य परिवेश लाई निआल्दै न्यायाेचित सेवा प्रवाह सकिने भएकाले यसकाे महत्त्व हरेक स्थान रहने भन्दै गठित समितिलाई जवाफदेहिता र उत्तदायित्व वहन गर्दै क्षेत्रमा काम गर्ने संयन्त्र मिलाेस् भन्दै सफल कार्याकालकाे बधाई तथा शुभकामना दिनुभएकाे थियाे।

कार्यक्रममा आँबुखैरेनी गाँउपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठले यस्ता कार्यक्रम हरूले आफ्नो क्षेत्रका झैझगडाका समस्या आफै ब्यवस्थापन गर्ने सकिने भएकाले याे समूह चनाखाे भएर क्षेत्रमा खट्नु पर्ने धारणा राख्नुभएकाे थियाे।

आबुँखैरेनी गाउँ पालिकाका प्रशासकीय प्रमुख विष्णु पाेख्रेलले मेलमिलाप सम्बन्धि कार्यक्रमले साना साना मुद्दा हरू स्थानीय परिवेशमै मिलेकाले न्यायलयमा कार्यकाे वाेझ घट्ने,सम्बन्ध हरू पूनमिलन हुने,सामाजिक विचलनहरूलाई सुरक्षित अवतरण गर्न सकिने जस्ता धेरै लाभ भएकाले यसका महत्त्व आफैमा विशेष भएकाे धारणा राख्नुभएकाे थियाे।

गठन कार्यक्रममा सहभागी बक्ताहरूले निगरानी समूह तथा मेलमिलापकर्ताका भूमिकामा आँफुलाई उभ्याउन सक्नु पर्नेमा जाेड दिएका थिए।

गठन कार्यक्रममा सहभागीहरूले क्षेत्रमा खटेका मेलमिलाप कर्तामा निष्पक्ष भाव हुनु पर्ने,सम्पूर्ण विषयबस्तुकाे सम्वाेधन गर्नु पर्ने,आफन्त तथा पूर्वाग्रही भावना त्याग्नुपर्ने ,पक्षप्रतिपक्ष भन्दा पनि मुद्दा लाई वलियाे पाराले वकालत गर्नुपर्ने लगाएतका धारणा रखेका थिए।

मेलमिलापकर्ता गठन प्रक्रिया कार्यक्रमकाेअध्यक्षता आँबुखैरेनी गाउँपालिका वडा न २का अध्यक्ष कटकबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी