भानुमा अर्चले कप फुटबल सम्पन्न

  • ख-
  • ख+

भानु: अर्चले युवा क्लब भानु १२ द्वारा आयोजित पाचौं अर्चले फुट्बल प्रतियोगिता २०७८ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको समापन नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका सदस्य,  महासमिति सदस्य लक्ष्मी आचार्यले उद्घाटन गरे ।गत माघ १५ गतेबाट सुरु  समापन प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले स्थानीयस्तरमा आयोजित खेल प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भुमिका निर्माण गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी नेपाली कांग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति श्यामकुमार मौरती, क्षेत्रीय सहसचिव सैलेश खाती क्षेत्री, नेपाली कांग्रेस भानु नगरकार्य समितिका सभापति रामकुमार श्रेष्ठ , नेपाली कांग्रेस भानु १२ का सभापति बेलबहादुर अधिकारी ,  कार्यबाहक वडाअध्यक्ष नुरचन्द्र अधिकरी लगायतले बोलेका थिए ।

प्रतियोगिताको उपाधी राग्मती युवा क्लब भानु ११ ले जितेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता भानु १२ रुद्रदेवी युबा क्लब आरबाजे भएको छ । प्रतियोगीतामा २६ टिम सहभागी रहेका प्रतियोगिताका खेल  संयोजक सुदिप केसीले जानकारी दिए   ।

प्रथम विजेताको उपाधीको राशी १,११,१११ रहेको थियो भने , उपबिजेताको राशी ५५,५५५ रहेको थियो । प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष कृष्ण गुरुङ थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी