छिम्केश्वरी : तनहुँ को आँवुखैरेनी गाउँपालिका स्थिति छिम्केश्वरी डाँडामा लामो समय पछि हिउँ परेको छ ।
बिहीबार साँझबाट परेको झरीसँगै हिमपात भएको आँवुखैरेनी गाउँपालिका वडाअध्यक्ष पञ्चबहादुर गुरुङले बताए ।
समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा फैलिएको यो पहाड आँवुखैरेनी गाउँपालिका ५ मा अवस्थितमा रहेको पनि वडाअध्यक्ष गुरुङले जानकारी दिए ।
महाभारत पर्वत श्रृङ्खलामा पर्ने छिम्केश्वरी डाँडा तनहुँको अग्लो र श्रृङ्खलाको दोस्रो अग्लो पहाड को रूपमा पनि परिचय छ