भिमादमा रेबिज भ्याक्सिनेशन सप्ताह

  • ख-
  • ख+

भिमाद: विश्व रेबीज दिवस २०७७ को अवसरमा भिमाद नगरपालिका कृषि तथा पशुसेवा शाखाले निःशुल्क भ्याक्सिनेसन सप्ताह संचालन गरेको छ ।

शाखाले असोज १२ गतेदेखि १८ गतेसम्म नगरपालिका भित्रका घरपालुवा तथा सडकका छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको पशु सेवा शाखा भिमादका पशु सेवा प्राविधिक मुक्ति पौडेलले जानकारी दिए । भ्याक्सिनेसन कार्यक्रममा सडकमा खुलारुपमा जीवनयापन गरिरहेका छाडा कुकुरहरुको खोपको लागि नगरपालिकाभित्रका वडा कार्यालय तथा टोलविकास संस्थाहरुले सम्पर्क गरेका आधारमा टोलटोलमा नै गइ खोप लगाइने पौडेलले जानकारी दिए ।

भीमाद नगरपालिका कृषि तथा पशु सेवा शाखा ले आयोजना गरेको भ्याक्सिनेसन सप्ताहमा नेपाल लाइभस्टक एसोसिएसन (नेलटा)ले सहकार्य गर्दै आएको पौडेलले बताए । पौडेलका अनुसार सडक स्तरमा खोप लगाउनका लागि एसोसिएसनका पदाधिकारीहरु परिचालन तथा कुकुर नियन्त्रणका लागि सहजीकरण गर्दैआएका पौडेलले बताए ।

भ्याक्सिनेसन सप्ताह अवधिभर भिमाद नगरपालिका का करिब दुई सयभन्दा बढी कुकुरहरू खोप लगाइ सुरक्षित गर्ने लक्ष्य राखिएको उनले बताए । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क ९ मिनेटमा एक जना मानिसले रेबिजका कारण ज्यान गुमाउँदै गरेको र वार्षिक ५९ हजार भन्दा धेरै मानिसले रेबिजका कारण ज्यान गुमाएको देखिएको छ ।

कुकुर रेबिजको मानव समुदायसँग प्रत्यक्ष सम्बन्ध रहेको उनले बताए । मानिस लगायत स्थल धारी जनावरहरुका लागि प्राण घातक मानिने यस रोग नियन्त्रणका लागि खोप नै सर्वोत्तम विकल्प हो ।

वार्षिकरुपमा रेबिज भ्याक्सिनेसन तथा विभिन्न खोप शिविरहरूको आयोजना गरिँदै आइएको र आगामी वर्षहरुमा समेत रेबिज विरुद्धका अभियानमा कार्यक्रम ल्याइने पशु सेवा शाखा भिमादले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी