
देव गजमेर दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघमा आवद्ध दमौलीका सुन व्यवसायीले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराई रहेका विरेन्द्र बरालीलाई आर्थिक सहयोग गरेका हुन् । उनको उपचारको लागि सहयोग स्वरुप पिडित बरालीलाई १ लाख ७० हजार ३ सय ८५ रुपैया हस्तान्तरण गरिएको संघका सचिव पदम बहादुर सुनार ले बताए ।

रिसिङ गाउपालिका वडा नं.२ काहँुशिवपुर स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. ३ विसघरेमा वस्दै आएका वरालीको दुवै मृगौलाले काम गर्न छाडे पछि १ महिना देखि डाईलेसिस गर्दै आएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी व्यवासयी महासंघका सचिव एवम् संघका सल्लाहकार केश बहादुर सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य एवम् संघका पुर्व अध्यक्ष तेज बहादुर वि.क. नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य एवम संघका निवर्तमान अध्यक्ष कृष्ण सुनार लगायतका वक्ताहरुले वरालीको मृगौला प्रत्यारोपणको लागि अझ सहयोगमा जुट्ने प्रतिवद्धता जनाउदै विरेन्द्र बराली बचाउ अभियानलाई सहयोग गरि दिन पनि अपिल गरेका छन् ।
हस्तान्तरण गरिएको रकमले उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.क.ले बताए । उनले भने यो हामीले गरेको सानो रकमले उहाको उपचारमा सहयोग मिल्ने छ यो हाम्रो पहिलो चरण को सहयोग हो ।
विरेन्द्र बराली बचाउ अभियानमा बचाउनकै लागि सहयोग गरेको र सवैले सहयोग गर्नु पर्ने पनि संघका उपाध्यक्ष हरि गहतराजले बताए । संघका अध्यक्ष विनोद कुमार वि.क.को अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।