
दमौलीः तनहुँका दुई विद्यालयले शैक्षिक क्षेत्रमा प्रतिष्ठित ब्रिटिस काउन्सिलको अवार्ड प्राप्त गरेका छन् । काउन्सिलले जुम अनलाइन माध्यमबाट सार्वजनिक गरेको परिणाम अनुसार सत्यवतीले इन्टरन्याशनल स्कूल तथा निर्मलले आइएसए फाउण्डेसन अवार्ड पाएको हो ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले गत वर्ष दिइएको निवेदनका आधारमा विद्यालय छनौट भएर अवार्ड पाएको बताए । यो अवार्ड पाउने सत्यवती तनहुँको एक मात्र विद्यालय हो ।
दमौलीकै अर्को विद्यालय निर्मलले आइएसए फाउण्डेसन अवार्ड पाएको शिक्षक महेन्द्र न्यौपानेले जानकारी दिए । यो शीर्षकमा पनि तनहुँबाट निर्मल एक्लो विद्यालय बनेको छ ।
दमौलीका दुवै सामुदायिक विद्यालयले पाएको अन्तर्राष्ट्रियस्तरको संस्थाको राष्ट्रिय अवार्डले दुवै विद्यालयको शैक्षिकस्तर उकासिंदै गएको प्रमाणित गरेको छ ।